काठमाडौं– वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर माघ महिनाको तुलनामा घटेको छ।
माघ महिनामा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशतविन्दुमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत दर समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दु घटेको छ।
नेपाल बैंक लिमिटेड : बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.१ प्रतिशत र संस्थागत तर्फको ३.२५ प्रतिशत ब्याजदर तोकेका छ ।
प्रभु बैंक : प्रभु बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एभरेष्ट बैंक : बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपका लागि अधिकतम ४.४ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिएको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंक : सिटिजन्स इन्टरनेशनल बैंकले फागुन महिनाका ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ ।
राष्ट्रिय वाणिज्य बैंक : राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।
सानिमा बैंक : सानिमा बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ । माघ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
प्राइम कमर्सियल बैंक : प्राइम कमर्सियल बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेवको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २।७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत ब्याजदर दिएको थियो ।
नेपाल एसबीआई बैंक : नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत र संस्थागततर्फ २.८ प्रतिशत ब्याजदर दिएको थियो ।
ग्लोबल आइएमई बैंक : बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
सिद्धार्थ बैंक : सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एनएमबी बैंक : बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
लक्ष्मी सनराइज बैंक : लक्ष्मी सनराइज बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको छ ।
नबिल बैंक : बैंकले माघ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.५५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
हिमालयन बैंक : हिमालयन बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागत दुवैको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
कृषि विकास बैंक : बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
माछापुच्छ्रे बैंक : बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कुमारी बैंक : कुमारी बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४३ संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक : स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले फागुन महिनाका व्यक्तिगततर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ४.३६ प्रतिशत ब्याज दिएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले माघ महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एनआईशी एशिया बैंक: नआईसी एशिया बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij