२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्दाकिनी हाइड्रोपावरको खुद नाफा बढ्यो

मन्दाकिनी हाइड्रोपावरको खुद नाफा बढ्यो

780
Shares

काठमाडौं- मन्दाकिनी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ९६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ०.८९ प्रतिशत बढेर ३ करोड ६० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.१३ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १३.४२ प्रतिशत घटेको छ भने कुल खर्च ९.२१ प्रतिशत घटेको छ।

नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४५ पैसा घटेर ११ रुपैयाँ १४ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.४५ गुणा रहेको छ।

६४ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८ करोड १८ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij