काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर सुबास विष्टविरुद्ध आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।
करार सेवामा कार्यरत विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा रु एक करोड ९७ लाख १० हजार १५७ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार निजले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति बुबाको नाममा रहेको देखिँदा बुबा सुदर्शन विष्टमउपर पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी लुकाइछिपाइ राखिएको बिगो सम्पत्ति जफत गर्न माग दाबी लिइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij