
अर्थ नेपाल काठमाडौं/जगदम्बा मोटर्सको टिभिएस टु ह्विलरको लागि जी मोटर्स आधिकारिक डिलरको रुपमा नियुक्त भएको छ।
जी मोटर्सले रविभवनमा शोरुम संचालन गर्ने तयारी गरेको संचालक कैलाश बाबु गेलालले जानकारी दिए। यो शोरुमबाट टिभिएसका सम्पुर्ण मोटरसाईकल तथा स्कुटरको बिक्री वितरण गरिने र पछि सर्भिस तथा स्पेयर पार्टसको कार्य समेत हुने गेलालले जानकारी दिए।
टिभिएसको गुणस्तर, सेवा, सस्तो मर्मत, नेपालको बाटो सुहाउँदो, माइलेज दिने, आदि कारणले यसमा आबद्ध भएको उनले बताए।
टिभिएस ग्रोइङ मोडल भएको कारणले आफूले यो प्रोडक्टलाई छुट्टै उचाइमा लान सक्ने उनको दाबी छ। ‘कुनै कम्पनीमा जागिरेको हैसियतमा समेत राम्रो छाप पार्न सकेँ भने आफ्नो संस्थाको लागि त झनै धेरै गर्न सक्छु भन्ने जोस भएरै यो शो–रुम संचालन गर्न लागेको हुँ’ उनले भने।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij