काठमाडौं– नेपाली बजारमा माघ १६ गते, शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ४४० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबारचाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij