२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

1.2K
Shares

काठमाडौं– साताको अन्तिम दिन बिहीबार शेयर बजार ओरालो लागेको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५३ अकंले घटेर २७१४.०५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १० उपसूचक ओरालो लागेका छन् । बैंक तथा वित्तीय संस्थाको दोस्रो त्र्रैमाससम्मको वित्तीय विवरण आएकै दिन बजारमा सोहि समूहको शेयर मूल्यमा भारी गिरावट देखिएको हो । आज वाणिज्य बैंक समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको २.२२ प्रतिशत र फाइनान्स समूहको प्१.७५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहिबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य समेथ स्थिर रहेको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij