२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकको खुद नाफा १ अर्ब ३९ करोड

सानिमा बैंकको खुद नाफा १ अर्ब ३९ करोड

620
Shares

काठमाडौं – सानिमा बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ३९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा १६.६७ प्रतिशत बढी हो । गत आवको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८७ करोड ४४ लाख रुपैयाँबाट १९.२६ प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिसन आम्दानी ५७ करोड ९६ लाख रुपैयाँबाट बढेर ६० करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब १ करोड ४७ लाख रुपैयाँबाट बढेर ४ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन नाफा १ अर्ब ६४ करोड ९० लाख रुपैयाँबाट बढेर १ अर्ब ९५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड रुपैयाँमा छ ।

प्रतिसेयर आम्दानी १७.६१ रुपैयाँबाट बढेर २०.५४ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.२२ प्रतिशतबाट सामान्य बढेर ३.६३ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७२.३९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १६.४१ गुणा छ ।

चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको सानिमा बैंकको जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँ र रिजर्भ कोषमा ८ अर्ब २२ करोड १६ लाख रुपैयाँ सञ्चित छ । बैंकले हालसम्म २ खर्ब ३१ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ८३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij