२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबी बैंकको खुद नाफा १ अर्ब ६४ करोड

एनएमबी बैंकको खुद नाफा १ अर्ब ६४ करोड

1K
Shares

काठमाडौं – एनएमबी बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आवको पहिलो ६ महिनामा बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढे पनि इम्पेयरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घटेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी २१.१७ प्रतिशत बढेको छ ।

त्यस्तै, कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.२१ प्रतिशत बढेको छ भने सञ्चालन नाफा १५.२९ प्रतिशत घटेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ५६ करोड ४३ लाख रूपैयाँ छ ।

नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६८ पैसा घटेर १७ रुपैयाँ १० पैसामा झरेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा छ भने मूल्य आम्दानी अनुपात १३.९८ गुणा छ ।

१९ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ । बैंकले पुस मसान्तसम्ममा २ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij