२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकको आम्दानीसँगै नाफा बढ्यो

एभरेष्ट बैंकको आम्दानीसँगै नाफा बढ्यो

1.8K
Shares

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २.०४ प्रतिशतले बढेको छ।

समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले दोस्रो त्रैमाससम्म ३१.९३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।

चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ३ अर्ब १७ करोड १६ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब १० करोड ७६ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा २.०६ प्रतिशतले बढी हो।

दोस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ५७ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेको छ।

समीक्षा वर्षसम्म बैंकले ३ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ अर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.६८ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.६६ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३०.८६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३२.०६ रुपैयाँ थियो। पीई रेसियो २१.३९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २३५.१५ रुपैयाँ रहेको छ।

चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रेटिन्ड अर्निङ ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ र रिजर्भमा १४ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४ अर्ब ८९ करोड ३० लाख रुपैयाँ र रिजर्भमा १३ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij