टक्सार (भोजपुर)- आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका चुनावी मैदानमा उत्रिएका छन् ।
उक्त निर्वाचनमा सहभागिताका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शेरधन राई, राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझा र नेपाल मङ्गोल नेशनल अर्गनाइजेसनका चन्दप्रसाद राईले मङ्गलबार उम्मेदवारी दर्ता गराउनुभएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का देवानराज राई, नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई ‘काङमाङ’, जनता समाजवादी पार्टीका गोपालकुमार राई, नेपाली कांग्रेसका बालकृष्ण थापा र आम जनता पार्टीका युवराज थापाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत दाहालले बताउनुभयो । भोजपुरमा कुल एक लाख २५ हजार सात सय ६६ मतदाता रहेका छन् । जिल्लामा ८७ मतदान स्थल र एक सय ६१ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij