एजेन्सी – रुसले मङ्गलबार अमेरिकाले उत्तरी अटलान्टिकमा जफत गरिएको ट्याङ्करका दुई रूसी चालक दलका सदस्यलाई रिहा गर्ने वाचा गरे पनि अहिलेसम्म रिहा नगरेको बताएको छ ।
यस महिनाको सुरुआतमा संयुक्त राज्य अमेरिकाले रुसी झण्डा भएको मारिनेरा ट्याङ्कर कब्जा गरेको थियो । अमेरिकी अधिकारीहरूले यो ट्याङ्कर भेनेजुएला, रुस र इरान जस्ता देशहरूमा तेल बोक्ने श्याडो फ्लीटको हिस्सा भएको आरोप लगाउँदै अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको बताएका थिए ।
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीलाई आश्वासन दिइएको थियो कि उनीहरूको रिहाइ उच्च स्तरमा सुनिश्चित हुनेछ । दुर्भाग्यवश पछिल्ला दिनहरूले यो कार्यान्वयन भइरहेको छैन भनेर देखाए । हामी हाम्रा अमेरिकी सहकर्मीहरूले गरेका प्रतिज्ञा पूरा गर्ने अपेक्षा राख्छौँ ।”
संयुक्त राज्य अमेरिकाले सार्वजनिक रूपमा मारिनेराका चालक दलमाथि मुद्दा चलाउन सक्ने बताएको थियो, जसलाई रुसले ‘स्पष्ट रूपमा अस्वीकार्य’ भनेको छ ।
रूसी नौसेनाले भेनेजुएलाको तट नजिक ट्याङ्करलाई एस्कर्ट गरेको भए पनि अमेरिकी अधिकारीहरूले यसलाई कब्जा गरे । मस्कोले यसलाई अवैध ठहर गर्दै वासिङ्टनमाथि अन्तर्राष्ट्रिय ढुवानी र सुरक्षा खतरामा पार्ने आरोप लगाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij