२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग

राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग

1.2K
Shares

काठमाडौँ– राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका संसद्का प्रवक्ता एकराम गिरिले बताए।

नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन। उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij