२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

1.2K
Shares

काठमाडौं– नेपाली बजारमा माघ ४ गते, आईतबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी तोला ५ हजार ६२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतिताला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij