काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार रुपैयाँले वृद्धि भएको हो।
आज प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला सुन २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार चाँदीको मूल्य २० रुपैयाँले बढेको छ। आज प्रतितोला चाँदीको मूल्य ३ हजार २१५ रुपैयाँ कायम भएको छ। शुक्रबार एक तोला चाँदी ३ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij