२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

पेट्रोल र डिजेलको मूल्य यथावत्: निगमलाई १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख घाटा

पेट्रोल र डिजेलको मूल्य यथावत्: निगमलाई १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख घाटा

405
Shares

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । हालकै मूल्य कायम गर्दा १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीले खुद्रा मूल्य बढाउनुपर्ने देखाएको थियो । चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राखेर निगमको सञ्चालक समितिले साविककै मूल्य कायम गर्ने निर्णय गरेको हो ।

निगमले आफ्ना डिपो तथा कार्यालयको १५ किलोमिटर परिधिभित्र लागू हुने गरी वर्गअनुसार खुद्रा बिक्री मूल्य निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij