२०८३ मंसिर ४ बिहिबार

Nov 19 2026 Thursday

वीरगञ्ज भन्सार कार्यालय : १७ अर्ब ७९ करोड राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालय : १७ अर्ब ७९ करोड राजस्व संकलन

195
Shares

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार गत कात्तिकमा रु १७ अर्ब ७९ करोड राजस्व संकलन भएको छ । सो महिनामा रु १७ अर्ब ६४ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा रु १५ करोड बढी संकलन गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए।

गत कात्तिकमा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न, फलामलगायत विभिन्न व्यापारिक वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

सो भन्सार कार्यालयले गत भदौदेखि लगातार लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आएको छ । असोज महिनामा मात्रै कार्यालयले रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व संकलन गरेको थियो ।

कार्यालयले वार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व संकलन गरिसकेको प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij