काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सुदूरपश्चिम रोयल्स यस सिजनमा हालसम्म खेलेका पाँच खेलमध्ये तीनमा जित र दुईमा हार ब्यहोर्दै ६ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ। आजको खेलमा जित हात पारेमा सुदूरपश्चिमको प्लेअफ यात्रा थप सहज बन्नेछ। https://nepalnews.com/2026/11/10/sudurpaschim-and-janakpur-clash-today-in-npl/
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij