काठमाडौं – नेपाली बजारमा कार्तिक ९ गते, सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ। आज सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेकोे हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ। आईतबार सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला तीन हजार ९९५ रुपैयाँमा किनबेच भएको छ। आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार ९५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij