२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

330
Shares

भोजपुर- भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा लाइ किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले जानकारी दिनुभयो । विगतका वर्षमा यस्तो समस्या नदेखिएको भए पनि यस वर्ष किराको प्रकोपले धानबालीमा क्षति पु¥याएको उहाँले बताउनुभयो ।

धानको फेदमा किराले क्षति पु¥याउँदा बोट कमजोर भई ढल्ने गरेको र त्यसले धान तथा पराल दुवैमा नोक्सानी पु¥याएको उहाँले जानकारी दिनुभयो । धानबालीमा किराको प्रकोप देखिएपछि यस वर्ष उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ ।

“विगतका वर्षमा धानमा यसरी लाइ किराको प्रकोप देखिएको थिएन”,उहाँले भन्नुभयो, “किराले धानको फेदमै क्षति पु¥याएपछि बोट ढल्न थालेका छन् । यसले धानको उत्पादनमा मात्र नभई पशुचौपायाका लागि आवश्यक परालमा समेत नोक्सानी पु¥याएको छ ।”

भोजपुर नगरपालिका–५ का अर्की किसान गीता विष्टले पनि धानको फेदमा लाइ किराको समस्या देखिएको बताउनुभयो । किराको प्रकोपका कारण धानको बोटसँगै बालामासमेत क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

“धानको फेदमा लाइ किरा लागेर रस चुस्ने गरेको छ । जसले गर्दा बोट सुक्ने र बाला कालो भई झर्ने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “वर्षभरि खाने मुख्य बाली नै भित्राउने बेलामा नष्ट हुन थालेपछि हामी किसान समस्यामा परेका छौँ ।”

धान पाक्ने तथा भित्राउने समय नजिकिँदै गर्दा बालीमा यस्तो समस्या देखिएपछि मेहनत र लगानी खेर जाने चिन्ता बढेको किसानको भनाइ छ । धानका बोट ढल्दा बाली भित्राउन कठिन हुने तथा धान र पराल दुवैमा क्षति पुग्ने भएकाले किसान थप समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij