नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६२४.३६ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ। कारोबारमा आएको लगानी र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
बिहिबार १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । आज १६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij