म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रसुुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि बुधबार रु ११ लाखभन्दा बढी सहयोग गरेको छ ।
बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट रु दुई लाख, जनप्रतिनिधिको भदौ महिनाको मासिक सुविधाबाट रु दुई लाख १० हजार र कर्मचारीको भदौ महिनाको तलबभत्ताबाट रु सात लाख ६७ हजार ६२६ बराबरको रकम कोषमा जम्मा गरिएको पौडेलले जानकारी दिनुभयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij