२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा क्यापिटलको वार्षिक साधारण सभा आह्वान

गरिमा क्यापिटलको वार्षिक साधारण सभा आह्वान

295
Shares

काठमाडौं- गरिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको हो ।
बैठकले यही असोज २२ गते काठमाण्डौको नक्सलामा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा आव २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८३ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij