काठमाडौँ -युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगले पूर्वस्वीकृति प्रदान गरेको छ ।
कम्पनीले ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासनको प्रस्ताव अघि बढाएको हो । उक्त आयोजना युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गरिरहेको छ । युनाइटेड मोदी हाइड्रोपावरको उक्त आयोजनामा शेयर लगानी रहेको छ ।
आयोगसमक्ष पेश गरिएको विवरणअनुसार कम्पनीको हाल कायम चुक्ता पुँजी रु १ अर्ब २३ करोड ५ लाख रहेको छ । उक्त चुक्ता पुँजी बराबर १ करोड २३ लाख ५ हजार कित्ता सेयर कायम रहेको र सोही आधारमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले अघि सारेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij