२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशियाका ग्राहकलाई आईएमईका होटल र केबलकारमा छुट

एनआईसी एशियाका ग्राहकलाई आईएमईका होटल र केबलकारमा छुट

195
Shares

काठमाडौं – एनआईसी एशिया बैंकका ग्राहकले आईएमई हस्पिटालिटीअन्तर्गत सञ्चालित होटल, रेस्टुरेन्ट तथा केबलकार सेवामा १० प्रतिशत छुट पाउने भएका छन्।

यससम्बन्धी समझदारीपत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजनलाल अमात्य र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले हस्ताक्षर गरेका हुन्।

Shivam Cement

Bizshala

CG Motors

सम्झौताअनुसार बैंकका ग्राहकले इला होटल्स एन्ड रिसोर्ट मौलाकालिका, इला कम्फोर्ट बागलुङ, इला कम्फोर्ट हर्कपुर तथा लाजिम्पाटस्थित सेक एन्ड फेङ रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउनेछन्।

मौलाकालिका केबलकार र लुम्बिनी केबलकारको सेवा लिँदा पनि बैंकका ग्राहकले सोही छुट उपयोग गर्न सक्नेछन्।

Muktinath Bikas Bank Limited

ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवा ‘मोबैंक’, डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

आईएमई हस्पिटालिटीसँगको सहकार्यले ग्राहकलाई देशका विभिन्न स्थानमा रहेका होटल तथा केबलकार सेवामा सहुलियत उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी र नगदरहित कारोबार प्रवर्द्धनमा सहयोग पुग्ने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij