काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.५७ अकंले बढेर २६३३.६२ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको हो ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
मंगलबार २६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य मात्रै घटेको छ । आज १ कम्पनीको शेयर मूल्य पनि स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३१ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij