काठमाडौं – सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २८ गते बसेको ८५औं सञ्चालक समिति बैठकले आर्थिक विवरण पारित गर्दै चुक्ता पुँजी ३४ करोड रुपैयाँको १० प्रतिशत बराबरको बोनस शेयर प्रस्ताव गरेको हो। बोनस शेयरको रकम ३ करोड ४० लाख रुपैयाँ बराबर हुनेछ।
त्यस्तै कर प्रयोजनका लागि कम्पनीले १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। यससँगै कम्पनीले कुल १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश सम्बन्धित नियामक निकायको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरूमा वितरण हुनेछ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij