२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रेबान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

रेबान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

280
Shares

पोखरा – रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको ३२औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनबाट वसन्त गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

संस्थाको प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रोशनजंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सहकोषाध्यक्षमा सफल थापा निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा वैभव पौडेल, भीष्मराज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनीलबहादुर भट्टराई, राजबहादुर भुजेल र वसन्त न्यौपाने चयन भएका छन् । निवर्तमान अध्यक्ष विश्वराज पौडेल पदेन सदस्य रहनेछन् ।

नवनिर्वाचित अध्यक्ष गौतमले रेबान पोखराले गर्दै आएको सडक महोत्सवसहितका विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने बताए । रेस्टुरेन्टमा खाद्य स्वच्छतालाई प्राथमिकता दिइने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij