२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल

शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल

335
Shares

काठमाडौं – शिव श्री हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कामका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौता दुवै संस्थाबीच सम्पन्न भएको हो । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र तथा सेयरधनीसम्बन्धी अभिलेख व्यवस्थापन, सेयरको अभौतिकीकरण, सेयर प्रमाणपत्र वितरण, नामसारीलगायतका कामका लागि सिटिजन्स क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले २०८३ असोज २ गतेदेखि शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारका रूपमा सेवा प्रदान गर्नेछ ।

कम्पनीका सेयरधनीलाई सेयर रजिष्ट्रारसम्बन्धी आवश्यक सेवा, अभिलेख व्यवस्थापन तथा सेयर कारोबारसँग सम्बन्धित काममा आवश्यक सहजीकरण र सेवा उपलब्ध गराइने सिटिजन्स क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij