काठमाडौं – केएफसी नेपालको फ्रेन्चाइजी तथा सञ्चालक देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.ले भोटेकोसी बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग गरेको छ ।
केएफसी नेपालका ३१ वटै स्टोरहरूले प्रतिस्टोर एक लाखका दरले योगदान गरी कुल ३१ लाख सहयोग गरेका हुन् ।
उक्त रकम रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित परिवारहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि उपयोग गरिनेछ । उक्त बाढीले ती जिल्लाहरूमा मानवीय क्षति पुर्याउनुका साथै घर, सडक, पुल तथा अन्य स्थानीय पूर्वाधारमा समेत क्षति पुर्याएको छ ।
देवयानी इन्टरनेशनल नेपालले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत नेपाली समुदायलाई सहयोग गर्दै आएको छ र आवश्यकताको घडीमा समुदायसँग सधैँ ऐक्यबद्ध रहन प्रतिबद्ध रहेको जनाएको छ ।
कम्पनीले दिवंगतहरूका शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij