२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

365
Shares

जनकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई रु. २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो ।

गाउँपालिकाले विपद् कोषबाट रु. पाँच लाख, जनप्रतिनिधिको तलबभत्ताबाट रु. एक लाख एक हजार १७८, कर्मचारीको तलबबाट रु. पाँच लाख ४८ हजार ७६८ तथा शिक्षक र विद्यालय कर्मचारीको तलबबाट रु. आठ लाख ८० हजार ६०८ गरी रु. २० लाख ३० हजार ५५४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij