काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि हाल कायम चुक्तापूँजी ६३ करोड रुपैयाँको ८.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले उक्त लाभांश वितरणसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वयन गर्ने जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij