२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपहिरो राहत तथा पुनर्स्थापनाका लागि भायानेटको २० लाख सहयोग

बाढीपहिरो राहत तथा पुनर्स्थापनाका लागि भायानेटको २० लाख सहयोग

380
Shares

काठमाडौं – रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले भायानेट कम्युनिकेसन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रूपैयाँ सहयोग प्रदान गरेको छ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरेको हो। विपद्को समयमा आवश्यक राहत तथा पुनर्स्थापनाका कार्यमा योगदान पुर्‍याउनु सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण पक्ष रहेको भायानेटको विश्वास छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको यस सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस दुःखद् विपद्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति कम्पनीले श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सम्पूर्ण व्यक्ति तथा समुदायप्रति भायानेट ऐक्यबद्धता प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij