२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन

आज प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन

425
Shares

काठमाडौं – प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड (PSF) र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ।

प्रतिफल वितरण प्रयोजनार्थ यी दुई फण्डहरुले भोली अर्थात भदौ २५ गते एक दिनका लागि बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड (PRSF) ले कर सहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij