२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईएमबी अध्यक्ष पृथ्वीबहादुर पाँडे धरौटीमा रिहा

एनआईएमबी अध्यक्ष पृथ्वीबहादुर पाँडे धरौटीमा रिहा

460
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले तोकेको ४० लाख रुपैयाँ धरौटी बुझाएपछि पाँडे रिहा भएका हुन् । उनीविरुद्ध गत साउन २७ गते ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा मुद्दा दायर भएको थियो ।

यसअघि सोही प्रकरणमा एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पनि अदालतको आदेशअनुसार ८० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij