२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

415
Shares

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उहाँले जानकारी बताउनुभयो । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij