काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ। प्राइम बैंक ‘प्राइम बैंक डिबेन्चर–२०९३’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ।
भोलि सार्वजनिक बिदा परेकोले अब ऋणपत्रका इकाइहरु पर्सि बुधबारबाट कारोबारमा आउनेछ। यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याज पाउँछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij