२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंक पीसीएएफमा आबद्ध, ऋण तथा लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने

कुमारी बैंक पीसीएएफमा आबद्ध, ऋण तथा लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने

300
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेड Partnership for Carbon Accounting Financials (PCAF) मा आबद्ध भएको छ। बैंकले PCAF को सदस्यता लिएसँगै आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक गर्न विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड प्रयोग गर्ने भएको छ।

PCAF मा आबद्ध हुनु बैंकको जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा दिगो वित्तप्रतिको प्रतिबद्धताको महत्वपूर्ण कदम भएको बैंकले जनाएको छ। यसले बैंकको जलवायुसम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैंकका अनुसार न्यून–कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ। सोहीअनुसार PCAF को मापदण्ड प्रयोग गरी बैंकले आफ्ना वित्तीय गतिविधिको जलवायु प्रभाव पहिचान गर्ने र प्राप्त तथ्यांकलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनसम्बन्धी रणनीतिमा उपयोग गर्नेछ।

कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले PCAF को सदस्यता बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताउनुभयो।

उहाँका अनुसार वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनबारे स्पष्ट जानकारी प्राप्त हुँदा बैंकले आफ्नो जलवायु रणनीति थप सुदृढ गर्न, पारदर्शिता बढाउन र दिगो तथा उत्थानशील अर्थतन्त्रतर्फ अघि बढ्न तथ्यमा आधारित निर्णय लिन सक्नेछ।

PCAF वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो। यसले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न वित्तीय संस्थाहरूलाई साझा ढाँचा उपलब्ध गराउँदै आएको छ। सन् २०१९ मा स्थापना भएको PCAF मा हाल ७ सयभन्दा बढी वित्तीय संस्था आबद्ध भइसकेका छन्।

कुमारी बैंकले PCAF सदस्यतासँगै दिगो वित्तका अवसर विस्तार गर्ने, आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु पक्षलाई थप एकीकृत गर्ने तथा नेपालको दीर्घकालीन जलवायु र विकास प्राथमिकतामा योगदान पुर्‍याउने जनाएको छ।

देशभर २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ पीओएस टर्मिनल सहितको सञ्जाल रहेको बैंकले आफ्नो पहुँचमार्फत दिगो तथा जिम्मेवार वित्तीय पहललाई थप प्रभावकारी रूपमा विस्तार गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij