काठमाडौं – भोटेकोसी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि सोल्टी होटल एण्ड रिसोर्टले एक करोड एक लाख रूपैयाँ सहयोग गरेको छ ।
सोल्टी होटलका अध्यक्ष दिनेश बहादुर विष्ट र उपाध्यक्ष सुदर्शन चापागाइँले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
राष्ट्रप्रतिको दायित्व र बाढीपीडितहरूको द्रुत र सुरक्षित पुनर्स्थापनाका लागि सहयोग प्रदान गरिएको सोल्टीले जनाएको छ । ”यो कटिन घडीमा सोल्टी होटल एण्ड रिसोर्ट पीडितहरूको साथमै छ । उहाँहरूको यथाशीघ्र पुनर्स्थापनामा सहयोगका लागि हाम्रोतर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हौँ,” सोल्टीले भनेको छ ।
सामूहिक प्रयत्नबाटै विपद्पीडितको पुनर्स्थापना र उद्धार संभव हुने सोल्टीको भनाइ छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij