२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्धार कोषमा मकवानपुरबाट ५७ लाख सहयोग

उद्धार कोषमा मकवानपुरबाट ५७ लाख सहयोग

320
Shares

बागमती- यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मकवानपुर जिल्लाबाट रु ५७ लाख ८६ हजार रकम सहयोग प्रदान भएको छ ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले आज सूचना जारी गर्दै हालसम्म जिल्लाका ३४ वटा विभिन्न संस्था तथा व्यक्तिबाट सो रकम जम्मा भएको जानकारी गराएको हो । कोषमा हेटौँडा स्कुल अफ म्यानेजमेन्टले रु २० लाख उपलब्ध गराएको छ भने नवोदय शिशु सदनले रु छ लाख ५० हजार सहयोग प्रदान गरेको छ ।

यस्तै मकवानपुर उद्योग वाणिज्य सङ्घले रु पाँच लाख पाँच हजार ५५५, नारायणी कलेज र तुलसीमेहर स्कुलले रु तीन लाख ५५ हजार, मकवानपुर सहकारी हस्पिटलले रु दुई लाख ५१ हजार, बालजागृती इङ्गलिस सेकेण्डरी स्कुल, हेटौँडाले रु दुुई लाख छ हजार ३२०, राजुु अधिकारीले रु दुई लाख सहयोग उपलब्ध गराउनुुभएको प्रशासनले जनाएको छ ।

कोषमा जिल्लाका १३ संस्था एवं व्यक्तिले रु एक लाखदेखि रु एक लाख ५५ हजार ५५५ सम्म सहयोग गरेका छन् । जिल्लामा विभिन्न व्यक्ति एवं संस्थाले रु पाँच हजार १०० देखि माथि विभिन्न रकम सहयोग गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij