२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

425
Shares
टिमुरेस्थित नेपाल-चीन सीमामा राष्ट्रिय झन्डा काठमाडौँ, २० भदौः रसुवाको टिमुरेस्थित नेपाल-चीन सीमा नाकामा राखिएको नेपालको राष्ट्रिय झन्डा । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएकोले गोसाइकुण्ड गाउँपालिका-२ रसुवागढीस्थित सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो । तस्बिर सौजन्यः सशस्त्र प्रहरी/रासस

काठमाडौँ- रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) टिमुरेबाट गएको टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भीर पार गरी सीमा नाकामा झण्डा राखेको प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij