२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

310
Shares

काठमाडौँ- सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब रु दुई करोड ४० लाख बराबरको ‘एप्पल एयर वर्डस’ (एप्पल कम्पनीले निर्माण गरेको बिना तारको एयरफोन) बरामद गरेको छ ।

अवैधतरिकाले नेपालतर्फ ल्याउँदै गरेको एक हजार २०० थान एयर वर्डस सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीले संयुक्त रूपमा बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने सशस्त्रको गस्ती टोलीलाई देख्नासाथ फरार भएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बरामद सामग्री सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij