२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल नेशनल माउण्टेन गाइड एशोसियसनको रुपाँच लाख सहयोग

नेपाल नेशनल माउण्टेन गाइड एशोसियसनको रुपाँच लाख सहयोग

330
Shares

काठमाडौँ – नेपाल नेशनल माउण्टेन गाइड एसोसियशनद्वारा प्रधानमन्त्री कोषमा रु पाँच लाख एक हजार सहयोग गरेको छ ।

एसोसियसनले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित नागरिकको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा उक्त रकम सहयोग गरेको हो ।

एसोसियसनका अध्यक्ष तुलसी गुरुङले राज्यलाई अफ्ठ्यारो परेको बेलामा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको राससलाई जानकारी दिनुभयो । अध्यक्ष गुरुङ सुरुको दिनदेखि नै आफ्नो एसोसियसनको टोली बाढी प्रभावित क्षेत्रमा खटिएर बाढीपीडितको उद्धारमा लागि रहेकोसमेत बताउनुभयो ।

उहाँका अनुसार हाल पेम्बा ओङ्चु शेर्पा, छिरिङ शेर्पा, विक्रम कार्की, दोर्जी शेर्पा, आशिष गुरुङ, सज्जन घले, नीरज कार्की, दाजा जाङ्बु शेर्पा, सविन ठकुरी, जेनजेन लामा, गेसमान तामाङ र लक्मी तामाङ उद्धारमा खटिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij