२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपीडितलाई अमेरिकामा रहेका म्याग्देलीको १० लाख सहयोग

बाढीपीडितलाई अमेरिकामा रहेका म्याग्देलीको १० लाख सहयोग

450
Shares
भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

म्याग्दी- अमेरिकामा रहेका म्याग्देलीहरूले भोटेकोशी–रसुवा बाढीपीडितको लागि रु १० लाखभन्दा बढी सहयोग गरेका छन् ।

रोजगारी, अध्ययन र पेसा व्यवसायको शिलशिलामा रहेका म्याग्देलीहरू आबद्ध म्याग्दी समाज युएसए (अमेरिका) मार्फत रु १० लाख ३० हजार सहयोग गरेका हुन् । समाजका अध्यक्ष कमल भण्डारीले आज अमेरिकी डलर छ हजार ८०० नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिनुभयो ।

संस्थाका सदस्यहरूबाट सहयोग जुटाएर सरकारको खातामा रकम जम्मा गरिएको उहाँले जानकारी दिनुभयो । संस्थाले अमेरिकामा अप्ठ्यारो र समस्यामा परेका म्याग्देलीलाई सघाउनुका साथै जन्मथलोको विपद् ब्यवस्थापन, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सघाउँदै आएका छन् ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएको रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा राहत, उद्दार र पुनःनिर्माणका लागि सरकारले गरेको अपिलअनुसार म्याग्दीमा समुदाय स्तरबाट सहयोग जुट्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij