काठमाडौं -मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । महासंघमा आबद्ध सदस्यहरूको व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने कुनै पनि ब्राण्डको गाडी खरीद गर्न र व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने व्यावसायिक कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधव प्रसाद नेपालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, महासंघमा आवद्ध सदस्यहरूले ढुवानीको लागि आवश्यक पर्ने गाडी खरीद गर्न र सो सम्बन्धी व्यवसाय सञ्चालनको लागि मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ ।
यस सहकार्यबाट ढुवानी व्यवसायीहरूले आफ्नो सेवा विस्तारको लागि सहज रूपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij