२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग

एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग

355
Shares

काठमाडौं- हालै आएको बाढीका कारण प्रभावित भएका व्यक्ति, परिवार तथा समुदायप्रति एफवानसफ्ट ग्रुप हार्दिक सहानुभूति व्यक्त गर्दछ। यस कठिन समयमा एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ईसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु. १ करोड ३५ लाख सहयोग गरिएको छ।
कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरू सँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले यो योगदान गरिएको हो।
यससँगै, फोनपे र इसेवा मार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति एफवानसफ्ट ग्रुप हार्दिक आभार व्यक्त गर्दछ। हालसम्म इसेवाका १,२९,०१३ प्रयोगकर्ताले रु. ९ करोड ७० लाख सहयोग गरेका छन् भने फोनपेका ८,६२,४४५ प्रयोगकर्ताले रु. २ अर्ब १९ करोड सहयोग गरेका छन्। फोनपे मार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ। भारतबाट एनपीसीआई-इन्टिग्रेटेड पेमेन्ट मार्फत १९,८५८ प्रयोगकर्ताले रु. ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपे मार्फत २,९६५ प्रयोगकर्ताले रु. १ करोड ६३ लाख सहयोग गरेका छन्।
संस्थाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै यस कठिन समयबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ। साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति एफवानसफ्ट ग्रुपले हार्दिक आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij