२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने

गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने

670
Shares

काठमाडौं – गरिमा विकास बैंकले सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकको बिहीबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको ३५१औँ बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

हाल बैंकको चुक्तापूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ छ। प्रस्तावित १० प्रतिशत बोनस सेयरले अन्तिम स्वीकृति पाएपछि बैंकको चुक्तापूँजी करिब ६० करोड २१ लाख रुपैयाँले बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार रुपैयाँ पुग्नेछ।

यद्यपि, सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश तत्काल वितरण हुने छैन। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले लाभांश पाउनेछन्।

काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभरका १२६ शाखा कार्यालय तथा ५१ एटीएममार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij