२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

335
Shares
भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

कञ्चनपुर- कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु आठ लाख २५ हजार सहयोग प्रदान गरेको छ ।

विद्यालयका प्रिन्सिपल श्यामसिंह मौनीका अनुसार विद्यालयले प्रधानमन्त्री राहत कोषमा रु सात लाख ५० हजार, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनमार्फत ५० हजार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपालमार्फत रु २५ हजार सहयोग रकम प्रदान गरेको छ ।

“विद्यालयकोतर्फबाट रु तीन लाख ५३ हजार आठ र शिक्षक तथा कर्मचारीकोतर्फबाट रु दुई लाख ४४ हजार ७५२ सहयोग हस्तान्तरण गरेका छौँ”, प्रिन्सिपल मौनीले भन्नुभयो, “विद्यालयमा अध्ययनरत विद्यार्थीबाट सङ्कलन भएको रु दुई लाख २७ हजार २४० गरी कुल आठ लाख २५ हजार रकम बाढीपीडितका लागि सहयोग गरिएको हो ।” उक्त राहत रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरिएका हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij