२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनकपुरधाममा उठ्यो १५ लाख ५५ हजार

जनकपुरधाममा उठ्यो १५ लाख ५५ हजार

230
Shares

जनकपुरधाम- बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि जनकपुरधामबाट आर्थिक तथा भौतिक सहयोग जुट्ने क्रम बढेको छ । विभिन्न व्यवसायी, सङ्घसंस्था, शैक्षिक संस्था तथा स्थानीय समुदायले रु १५ लाख ५५ हजार ७३२ आर्थिक सहयोग गरेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले बाढीपीडितका लागि रु आठ लाख ५१ हजार सहयोग गर्नुभएको छ । त्यसैगरी, नेपाल औषधि व्यवसायी सङ्घ धनुषाले रु चार लाख १११, जनकपुरधाम–६ का मस्जिद तथा मदर्सा कमिटीका पदाधिकारी, सदस्य तथा मुस्लिम युवाले रु एक लाख ९३ हजार ५१० र जानकी बोर्डिङ स्कुलले रु एक लाख ११ हजार १११ सहयोग गरेको छ ।

जनकपुरधाममा प्रभावित परिवारका लागि ठूलो परिमाणमा जुत्ता–चप्पल, लत्ताकपडा, खाद्यान्न, सरसफाइका सामग्री तथा भान्साका सामान सङ्कलन भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका सचिव निरजविक्रम साहका अनुसार विभिन्न व्यवसायी तथा सङ्घसंस्थाले उपलब्ध गराएको सामग्री प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij