काठमाडौँ — विपद् प्रभावित नागरिकहरूको स्वास्थ्य उपचार तथा राहतका लागि नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले नेपाल चेम्बर अफ कमर्सलाई औषधि, प्राथमिक उपचार सामग्री तथा विभिन्न स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री उपलब्ध गराएको छ ।
राहत सामग्रीअन्तर्गत ज्वरो, रुघाखोकी, झाडापखाला तथा विभिन्न रोगका लागि आवश्यक औषधि, ओआरएस, घाउमा प्रयोग हुने पोभिडोन आयोडिन झोल, टिस्यु पेपर, सर्जिकल सामग्री, सेनेटरी नेप्किन, तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री छन् ।
स्वास्थ्य तथा सामाजिक समिति सभापति मृगेन्द्र मेहर श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स विपद् व्यवस्थापन परिषद्का सहसभापति कृष्णमान श्रेष्ठलाई उक्त औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
उक्त सहयोग सामाग्री करिब ५० लाख हाराहारी मूल्यको रहेको सभापति श्रेष्ठले जनाए ।
उक्त सामग्री विपद्बाट प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा सरकारी निकायसँग समन्वय गरी वितरण गरिने चेम्बरले बताएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij