काठमाडौँ — हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति चितवन को–ई ग्रुपले गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको छ।
राष्ट्रिय विपद् व्यवस्थापन, खोज तथा उद्धार एवं राहत अभियानमा सहयोग पुर्याउन चितवन को–ई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त सहयोगअन्तर्गत ग्रुपअन्तर्गतको मनकामना दर्शन प्रालिले १ करोड २५ लाख तथा चितवन मिल्क लिमिटेडले २५ लाख सहयोग गरेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij